शनिबार, फागुन ३, २०८१

फेवातालमा डुङ्गा पल्टिँदा एक वेपत्ता

नेपालखोज २०७६ फागुन १२ गते १७:५६

कास्की । फेवातालमा डुङ्गा पल्टिँदा काठमाडौं महानगर १० कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइटेल बेपत्ता भएका छन्। उनको खोजी कार्य भइरहेको छ ।

Advertisement

उनीसँगै डुङ्गामा सवार सुविन चालिसे र रुपेश अधिकारीको भने प्रहरीले सकुसल उद्धार गरेको छ। उनीहरु पनि काठमाडौं १० कपन निवासी हुन्। प्रहरीका अनुसार उनीहरु आफैले डुङ्गा चलाएर फेवाताल घुम्दै थिए।

उद्धारका लागि गण्डकी प्रदेश शसस्त्र प्रहरी गण पोखराका रेस्क्यु टिम र नेपाल प्रहरीको टिम परिचालित भएका छन् ।

डुंगा पल्टिएको देखेपछि पोखरा महानगरपालिका ८ का एक स्थानीय वासिन्दा उद्धार गर्न गएका थिए । तर, उनी पनि तालमै भएपछि सशस्त्र प्रहरीले उनलाई समेत उद्धार गर्नु परेको थियो । हाल उनको पोखराकै मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया