शुक्रबार, वैशाख ७, २०८१

सङ्खुवासभामा फेरि हिमपात

नेपालखोज २०७६ फागुन १३ गते १४:०७

सङ्खुवासभा । चीनको सीमावर्ती किमाथाङ्का गाउँमा फेरि हिमपात शुरु भएको छ । गएरातिदेखि फेरि हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण मानिसहरुलाई घरबाहिर निस्कन समेत समस्या भएको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किलोमिटर टाढा रहेको किमाथाङ्का गाउँमा गएको मङ्सिर अन्तिम हप्तादेखि हिमपात सुरु भएको थियो ।

बर्से्नि किमाथाङ्का गाउँ र गाउँमाथिको छेसुम्बा गुम्बालगायतका डाँडामा झण्डै ६ महिनासम्म हिउँ पर्ने गर्छ । सङ्खुवासभाको धेरै ठाउँमा चिसो कम हुँदै गए पनि किमाथाङ्का नाका र तल गाउँसम्म अझै हिमापात भइरहेको सीमा सुरक्षा पोस्ट (बीओपी) ले जनाएको छ ।

प्रतिक्रिया