आइतबार, वैशाख १४, २०८२

काठमाडौंलगायत देशभर अहिले वर्षा, रातभरि वर्षा हुने सम्भावना

नेपालखोज २०७६ फागुन १४ गते ७:२३

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार बिहान राजधानी काठमाडौँलगायत देशको पूर्वी क्षेत्रमा पानी परिरहेको छ ।

यस्तै पश्चिम पहाडका पनि एक र दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम पहाडमा भने वर्षा कम हुँदै गएको र केहीबरेपछि रोकिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

पूर्वी क्षेत्रमा राति पनि मौसमी अवस्था यस्तै रहने उनले बताए । ‘साँझदेखि भने पश्चिम र मध्य तराईका एकरदुई स्थानमा हल्का वर्षाको सम्भवाना छ,‘ उनले भने ।

प्रतिक्रिया