शुक्रबार, वैशाख १४, २०८१

दिल्ली हिंसा भड्किदा मृत्यु हुनेको संख्या १३ पुग्यो

नेपालखोज २०७६ फागुन १४ गते ८:२२

एजेन्सी । दिल्लीको उत्तर पूर्वी इलाकामा मंगलबार हिजो हिंसा भड्किदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।

मंगलबार ६९ घाइतेलाई अस्पताल ल्याइएको छ । यीमध्ये ३०–४० जना उपचार गरेर घर फर्किसकेका छन् । यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ ।

मेट्रो स्टेशन नजिकै प्रदर्शन गरिरहेका मध्ये धेरैजसो महिला थिए । समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसले यसको जानकारी दिएको हो ।

जाफराबादमा महिलाले केही दिनदेखि सीएएविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए । तर शनिबार राती प्रदर्शनकारीमध्ये केहीले जाफराबाद रोड अवरुद्ध गरेका थिए ।

प्रतिक्रिया