बिहीबार, असोज ४, २०८०

विप्लव नेकपाको विद्यार्थी संगठनको शैक्षिक हड्ताल, पठनपाठन प्रभावित

नेपालखोज २०७६ फागुन १४ गते ८:३८

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले आह्वान गरेको बन्दका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रका शैक्षिक संस्थाको अध्ययन–अध्यापन प्रभावित भएको छ ।

विप्लव नेकपाको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूयियन (क्रान्तिकारी) ले आफ्ना केन्द्रीय अध्यक्ष चिरन्जीवि ढकाललाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको जनाएको छ ।

२५ औँ ‘जनयुद्ध’ दिवसको अवसरमा काठमाडौँमा भएको कार्यक्रमबाट आफ्ना अध्यक्ष ढकाललाई गैरन्यायीक रुपमा केपी ओली सरकारले पक्राउ गरेको आरोप अखिल क्रान्तिकारीले लगाएको छ ।

विभिन्न विरोधका कार्यक्रम गरिरहेको अखिल क्रान्तिकारीले बुधबार आज शैक्षिक हड्ताल गरेको हो । हड्तालका कारण काठमाडौँलगायत देशभरका अधिकांश विद्यालयको पढाई प्रभावित भएको छ ।

प्रतिक्रिया