शनिबार, जेठ ५, २०८१

पर्सामा बालुवा तस्कार र प्रहरीबीच झडप, दुई सशस्त्र प्रहरी जवान घाइते

नेपालखोज २०७७ माघ ३० गते १३:२२

वीरगञ्ज । पर्सामा बालुवा तस्करी गर्ने भारतीय र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

पर्साको जगरनाथपुर गाउँपालिकामा पर्ने ओरिया खोलाबाट बालुवा तस्करी गर्ने क्रममा प्रहरी र तस्करबीच झडप भएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजु अर्यालले जानकारी दिए ।

प्रहरी र तस्करबीच भएको झडपमा सशस्त्र प्रहरी जवान नरेश यादव र आयुश यादव घाइते भएका हुन् । उनीहरुको वीरगञ्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय बालुवा तस्करहरुलाई रोक्ने क्रममा प्रहरीमाथि आक्रमण गरेको उनको भनाइ छ ।

जगरनाथपुर गाउँपालिका–१ पिडारी गूठीस्थित ओरिया खोलाबाट लामो समयदेखि गिट्टी बालुवाको अवैध तस्करी हुँदै आएको छ ।

प्रतिक्रिया