काठमाडौँमा आज र भोलि घाम लाग्ने सम्भावना, पर्सिदेखि फरि देशैभरको मौसम बदली
नेपालखोज
२०७६ फागुन १५ गते ८:१६
काठमाण्डौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार मध्य र पूर्वको पहाडी क्षेत्रसहित पश्चिमको मौसम आशिंकदेखि सामान्य बदली हुनेछ ।
तर मौसम बदली भए पनि पानी भने कतै पनि नपर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार आज बिहीबार र भोली शुक्रबार पानी पार्ने कुनै पनि प्रणाली सक्रिय छैन तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा भने फाट्टफुट्ट पानी पर्न सक्नेछ ।
अन्य ठाउँको मौसम भने आज सामान्यतया सफा नै रहनेछ । काठमाण्डौमा आज बिहीबार र भोली शुक्रबार घाम लाग्ने तर पर्सिदेखि फरि देशभरिकै मौसम बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् बासीको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया