बिहीबार, वैशाख २७, २०८१

शेयर बजार : नेप्सेमा फेरी नयाँ छलाङ्ग

नेपालखोज २०७६ फागुन १५ गते १५:४४

काठमाडौँ ।  शेयर बजारले दिनहुँ नयाँ उचाई लिन थालेको छ । यसैक्रममा बिहीबार पनि बजारले १६ सय विन्दुको अर्को रेखामा प्रवेश गरेको छ । बिहीबार कारोबार खुलेपछि पहिलो प्रहरमा निकै नेप्से अस्थिर देखिएको थियो । करिब ३८ अंकले बजार घटेपछि बल्ल यसले उकालो यात्रा सुरु गरेको हो । त्यसपछि पनि केहीबेर उतारचढाव आउने क्रम जारी रह्यो । त्यसपछि मात्र बैंकिङ समूहले नेतृत्व गरेसँगै नेप्से नयाँ विन्दुमा पुगेको हो ।

नेप्से सूचक ३६.०५ अंकले बढेर १६३२.१७ विन्दुमा आइपुगेको छ । १८० कम्पनीको ४ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१ करोड ८ लाख ५९ हजार ६५६ कित्ता सेयर खरिदबिक्री भएका छन् । वाणिज्य बैंक, विकास बैंक र उत्पादनमूलक बाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । निर्जीवन बिमा समूह सबैभन्दा धेरै २१३.३९ अंकले घटेको छ । जीवन बिमा समूह पनि १६४.६३ अंकले ओरालो लागेको छ । कारोबार रकममा नेपाल लाइफ अग्रस्थानमा छ ।

यसको २८ करोड ९२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो । यता, एनआइसी एसिया बैंक र एनएमबि बैंक कारोबार रकममा दोस्रो र तेस्रो स्थानमा परेका छन् । यस दिन एभरेष्ट बैंक, एसबीआई बैंक, हिमालयन बैंक तथा नबिल बैंकको १० प्रतिशत ले भाउ बढेर सर्किट लागेको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावरको भाउ ६.७१ प्रतिशत ले घटेको छ ।

प्रतिक्रिया