बुधबार, वैशाख २६, २०८१

धनगढीमा विकास सम्मेलन शुरु

नेपालखोज २०७६ फागुन १८ गते १८:३२

कैलाली । धनगढी उपमहानगरपालिकाको आयोजनामा आज धनगढीमा विकास सम्मेलन शुरु भएको छ । सम्मेलनको राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्टले उद्घाटन गर्दै राष्ट्रको विकासका लागि योजनाबद्ध ढङ्गले अघि बढ्नुपर्ने बताए । उनले भने, “हामी अहिले स्रोतको पहिचानविनै विकासको योजना कार्यान्वयन गरिरहेका छौँ । यसले राम्रो परिणाम दिएको छैन ।”

उनले कार्यान्वयनयोग्य योजना तयार नभएसम्म कार्यान्वयन चरणमा लग्न नहुने पनि बताए । उनले आयोजना चक्र व्यवस्थापनको सिद्धान्तका आधारमा राष्ट्रिय योजना आयोग अघि बढेको जानकारी दिए ।

उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्रले धनगढीको विकासका लागि दिशानिर्देश गर्न सम्मेलन गरिएको बताइन्। उनले नगरको विकासका लागि ज्ञान र स्रोत बढाउन विकासको साझेदारको दायरा फराकिलो बनाइनेलगायत विषयवस्तु समावेश गरिनेजस्ता विषयवस्तु सम्मेलनमा प्रस्तुत गरिन लागेको बताइन् ।

सम्मेलनमा उपमहानगरपालिकाले पहिचान गरेका सामाजिक, आर्थिक, भौतिक विकास र वातावरणको संरक्षणका आधारमा केही मुख्य परियोजना बैंक प्रस्तुत गरिँदैछ ।

प्रतिक्रिया