बिहीबार, वैशाख १३, २०८१

लकडाउनको बेला आज शुक्रबार महालक्ष्मीदेवीको घरमै बसेर आराधना गर्नुहोस । आजको राशिफल ।

नेपालखोज २०७७ जेठ ९ गते ६:०८

आज ०९ जेठ २०७७ शुक्रवार को राशिफल

मेष
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेलाछ । आतिथ्यपूर्ण सम्मान पाइएला ।

मिथुन
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

सिंह
आज प्राविधिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । प्रेम, मित्रता र दाम्पत्य सुखले प्रफुल्लित भइनेछ ।

तुला
आज महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि देखिन्छन् ।

धनु
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । मनपर्ने खनेकुरा खान पाईनेछ । प्रविधि मार्फत आफन्तसंग भेटघाट हुनेछ ।

कुम्भ
दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।

बृष
नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ । अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।

कर्कट
नयाँ कमको योजना बन्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला ।

कन्या
आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

बृश्चिक
आज घरमा शुभकार्य हुने चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । आँटेको र ताकेको कार्य पुरा होला ।

मकर
मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

मीन
कार्य सम्पादनमा सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उर्तिणहुन सकिनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया