शुक्रबार, माघ २५, २०८१

खतिवडा अर्थमन्त्रीमा पुनः नियुक्त, सपथ ग्रहण आज ४ बजे

नेपालखोज २०७६ फागुन २१ गते १०:३३

काठमाडौं । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडा बुधबार आज पुनः नियुक्ति भएका छन् ।

Advertisement

राष्ट्रिय सभाको दुई वर्षे पदावधी सकिएपछि हिजो मंगलबार राजीनामा दिएका खतिवडालाई पुनः सोही पदमा नियुक्त भएका हुन् । उनी गैह सांसदका रुपमा बुधबार आज मन्त्री बन्न लागेका हुन् ।

संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बन्न लागेका हुन् । त्यसका लागि आज दिउँसो ४ बजे राष्टपति भवन शितल निवासमा उनको सपथको तयारी सुरु भएको छ ।

उनी गैह्र सांसदबाट मन्त्री बन्ने पहिलो व्यक्ति बन्नेछन् । ६ महिनाभित्र उनी संघीय संसद अन्तरगतको प्रतिनिधी सभा तथा राष्ट्रिय सभामध्ये कुनै एकमा सांसद नबने उनको पद स्वतः समाप्त हुने छ ।

प्रतिक्रिया