पोखरा उडेको यतीको विमानलाई किन आकस्मिक अवतरण गराइयाे ?
नेपालखोज
२०७६ फागुन २२ गते १२:१७
काठमाडौं । बिहीबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमानलाई त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।
पोखराका लागि उडेको विमानको इन्डिकेटरमा समस्या देखिएपछि आकस्मिक अवतरण गराइएको हो ।
प्राविधिक समस्या आएपछि विमानलाई फर्काइ अवतरण गरिएको बताए त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए । ‘इन्डिकेटरले काम नगरेको शंका लागेमा पाइलटले जोखिम लिँदैनन्, आज त्यही भएको हो,’ प्रवक्ता कर्णले भने । अवतरणपछि प्राविधिक परीक्षण गर्दा विमानमा खराबी नरहेको र लगत्तै विमान गन्तव्यतर्फ उडेको कर्णले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया