आइतबार, वैशाख १६, २०८१

बलिउडमा पनि कोरोनाको प्रभाव, सलमानको ‘राधे’ को सुटिङ रोकियो

नेपालखोज २०७६ फागुन २३ गते ७:३५

काठमाडौँ । विश्व नै कोरोना भाइरसबाट त्रसित भइरहेका बेला बलिउडका नायक सलमान खानमा समेत यसको असर देखिएको छ ।

सलमान खानको शुटिङ्ग भइरहेको चलचित्र ‘राधे’ को शुटिङ्ग कोरोना भाइरसका कारण रोकिएको छ । राधे चलचित्रको शुटिङ्गको अन्त्य अन्त्य तिर आइपुग्दा कोरोना भाइरसबाट सतर्क रहन चलचित्र निर्माताले शुटिङ्गलाई केहि समयको लागि रोकेका छन् ।

भारतीय संचार माध्यममा आएको समाचार अनुसार राधे चलचित्रको थाईल्याण्डको सेड्युल केहि समयलाई रोकिएको छ ।

भारतमा शुटिङ्ग गरिरहेको राधे चलचित्रको टिम यहि हप्ता थाईल्याण्ड जाने तयारी थियो तर कोरोनाभाइरसको त्रासले सतर्कता अपनाउदै अहिले उक्त सेड्युल रोकिएको छ ।

सलमान खान सहितको जम्बो टोली थाईल्याण्ड तर्फ प्रस्थान गर्ने तयारी अब केहि समय पश्चात मात्र हुनेछ । थाईल्याण्ड सरकारले समेत सतर्कता अपनाउन पर्यटकहरुलाई आग्रह गरे संगै राधे चलचित्र टिम अहिले रोकिएका छन् ।

प्रतिक्रिया