शनिबार, वैशाख १५, २०८१

बलिउडकर्मीहरुकाे खानपानको कस्ताे बानी ?

नेपालखोज २०८० असार २ गते १५:३७

शाहरुख खान

शाहरुख आरामसँग खाना खान मन पराउँछन् । उनलाई यतिबेला कुनै सेल्फी वा अन्य कुनै काम गरेको मन पर्दैन ।

शाहिद कपूर

अभिनेता शाहिद कपूर कफीको शोखिन छन् । उनि एक दिनमा १०-१२ कप कफी पिउँछन् ।

टाइगर श्राफ

फिटनेस फ्रिक टाइगर श्राफलाई बिहानको खाजामा ८ देखि १२ वटा अण्डा चाहिन्छ । त्यसको अभावमा उनि असहज अनुभव गर्छन् ।

आलिया भट्ट

आलियालाई दही मन पर्छ । उनि हरेक पटकको खानामा अनिवार्य रुपमा दही खान्छिन् ।

सलमान खान

सलमान खानलाई चिसो खाना पटक्कै मन पर्दैन, उनलाई गरमागरम खाना मनपर्छ । यसका अतिरिक्त सलमानले खानामा अचार र बटर थपेर त्यसलाई अझ स्वादिलो ​​बनाउँछन् ।

सिद्धार्थ मल्होत्रा

सिद्धार्थ मल्होत्राको स्वाद अनौठो छ, सिद्धार्थलाई अचारका साथ गुलाब जामुन मनपर्छ ।

प्रतिक्रिया