सोमबार, माघ २८, २०८१

कोरोनाको सन्त्रासः इटालीमा थप ४१ को मृत्यु, मर्नेको संख्या १४८ पुग्यो

नेपालखोज २०७६ फागुन २३ गते ८:१६

एजेन्सी । विश्वभर सन्त्रास भैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा बिहीबार थप ४१ जनाको मृत्यु भएको छ ।

Advertisement

योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । इटाली कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको चीन पछि दोस्रो ठूलो क्षति भएको देशमा परेको छ । यस भाइरसबाट चीनपछि इटालीमा धेरै क्षति भएको छ ।

हालसम्म संसारभर साडे ३ हजार जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार बढी यसबाट संक्रमित भएका छन् ।

इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ । संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ । उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ ।

प्रतिक्रिया