शनिबार, असोज २६, २०८१

इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

नेपालखोज २०७६ फागुन २३ गते १५:२७

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) खगेन्द्र चापागाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले चापागाईंविरुद्ध विशेष अदालत काठमाडौँमा शुक्रबार मुद्दा दायर गरेको हो । व्यापार व्यवसायमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

झापाको टांघनडुब्बास्थित बीओपीमा कार्यरत रहेको समयमा चापागाईंले उक्त रकम घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ । अनुसन्धानको क्रममा चापागाईंले घुस लिएको पुष्टि हुन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्त प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया