सोमबार, माघ २८, २०८१

बैतडीमा दुईजना मृत फेला

नेपालखोज २०७६ फागुन २४ गते १५:०२

बैतडी । बैतडीमा फरक–फरक दुई ठाउँमा दुईजना मृत फेला परेका छन् । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका २ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेका छन् ।

Advertisement

मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा र मीनबहादुर पाल बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीको सडक छेउमा शनिबार आज बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मृतक भट्टले शुक्रबार जाँडरक्सी सेवन गरेको र पालको पनि जाँडरक्सी सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

मृतक दुवै जनाकोे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया