शनिबार, जेठ ५, २०८१

बाँकी मतगणनाभन्दा रेणुकाे प्रतिद्वन्द्वीसँगको मतान्तर बढी, जित पक्का !

नेपालखोज २०७९ जेठ ९ गते २२:०६

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहाल जित पक्का भएकाे छ ।

मतगणनाका लागि बाँकी रहेको मतभन्दा उनको प्रतिद्वन्द्वीसँगको मतान्तर बढी रहेको छ । पछिल्लो विवरणअनुसार भरतपुरमा कुल खसेको मत एकलाख २७ हजार ८३९ मध्ये एक लाख १६ हजार ६६६ मत गणना भइसकेको छ । त्यसमध्ये दाहालले ४७ हजार ४० मत प्राप्त गरेकी छन् भने विजयी सुवेदीले ३५ हजार ५८३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया