बिहीबार, माघ २४, २०८१

राष्ट्रपति भण्डारीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

नेपालखोज २०७६ फागुन २५ गते १०:५७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ११० औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएकी छन् । दिवसका अवसरमा आज आइतबार एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले शुभकामना व्यक्त गरेकी हुन् ।

Advertisement

‘समानताको पुस्ताः अन्त्य गरौँ हिंसा, विभेद र असमानता’ भन्ने राष्ट्रिय लक्ष्यका साथ ११० औँ अन्तर्राष्ट्रिय महिला दिवस उल्लेख गर्दै उनले यसलाई साकार तुल्याउन सबैमा अनुरोध गरेकी छन् ।

‘नेपालको संविधानले लैङ्गिक समानताको प्रत्याभूति गर्न महात्वपूर्ण प्रावधानहरूको व्यवस्था गरेको र त्यसबाट महिलामाथि हुने हिंसा र विभेदलाई हटाउन ठूलो मद्दत पुगेको छ ।

सन् २०३० सम्म हासिल गर्ने गरी निर्धारण गरिएका दिगो विकास लक्ष्यहरू लैङ्गिक समानता कायम गर्ने, असमानता घटाउने, शान्ति कायम गर्ने, न्यायमा पहुँच र्पुयाउनेजस्ता विषयहरू महिलाको हक संरक्षणमा केन्द्रित रहेका छन् ।

यी लक्ष्यहरू हासिल गर्न नीति, संरचना र कार्ययोजनासहित नेपाल सरकार अगाडि बढिरहेको छ,’ राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

प्रतिक्रिया