सोती घटनाका थप ७ जना स्थानीय पक्राउ
नेपालखोज
२०७७ जेठ २२ गते १९:३२
रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा यही जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि प्रहरीले थप ७ जना स्थानीयलाई पक्राउ गरेको छ।
मृतकका परिवारले २० जनाविरुद्ध किटानी जाहेरी दिएकोमा दुई जना अझै फरार छन्।
यसअघि पक्राउ परेका १८ जनालाई भने प्रहरीले अदालतमा पेश गरेकोमा थप १० दिन हिरासतमा राख्न अनुमति पाएको छ।
सम्बन्धित
प्रतिक्रिया