मंगलबार, वैशाख १६, २०८२

फागु पर्व मनाउने नाममा ट्राफिक नियम उल्लंघन गर्ने ७ सय ११ जना कार्वाहीमा

नेपालखोज २०७६ फागुन २६ गते १४:३८

काठमाडौं । फागुका दिन हुन सक्ने सम्भावित घटनालाई कम गरी सुरक्षित फागुका लागि उपत्यका ट्राफिक प्रहरी महाशाखाले विशेष योजना कार्यान्वयमा ल्याएको छ । होली पर्वलाई दुर्घटनारहित र सुरक्षित बनाउन काठमाडौं उपत्यकामा होली विशेष सुरक्षा योजना लागू गरेको हो ।

विहान सवेरै देखि राजधानीको अधिकांश चोक, गल्ली तथा सडकमा सुरक्षा जाँच कडा पारिएको महाशाखाले जनाएको छ । मोटरसाईकल यात्री मात्र होइन यात्रु बाहक सवारी चालकहरुले पनि मापसे गरे नगरेको ट्राफिक प्रहरीले चेकजाँच गरिरहेको छ ।

अति स्पिडमा सवारी हाँक्ने, हेलमेट लगाई मोटरसाईकल चलाउनेहरुलाई ट्राफिक प्रहरीले कार्वाही गरेको छ । उपत्यकाका ७६ स्थानका त्यसता चेकिङ्ग व्वाइण्ट मार्फत चेकज जाँच गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका मुख्य मुख्य चोकमा सवारी तीव्र गतिमा नहाँकौं र मादक पदार्थ सेवन गरी साधन नचलाऔैं भन्ने सन्देश बोकेका प्लेकार्ड सहित ट्राफिक प्रहरी समेत परिचालित छन्।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार विगतमा भन्दा यस पटक फागु पर्वमा सडक सुरक्षा निकै नै भएको भएपनि दिउँसो २ बजेसम्म कुनै पनि सवारी दूर्घटना नभएको तर ट्राफिक नियम उल्लंघन गर्ने ७११ कार्वाहीजनालाई कार्वाही गरिएको छ । भने ७१ वटा मोटरसाईकल तथा ६ वडा गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया