सोमबार, माघ २८, २०८१

भारतमा २० मन्त्रीहरुद्वारा सामुहीक राजीनामा, राजनीतिमा उथलपुथल हुने संकेत

नेपालखोज २०७६ फागुन २७ गते १०:४१

एजेन्सी । भारतमा २० जना मन्त्रीहरुले एकैसाथ राजीनामा दिए पनि भारतीय राजनीतिमा उथलपुथल हुने संकेत देखिएको छ ।

Advertisement

सोमबार अवेर राति कमलनाथद्वारा बोलाइएको क्याबिनेट बैठकमा २० मन्त्रीले राजीनामा बुझाएका छन् । यो बैठक सरकारमाथि आएको संकटका विषयमा छलफल गर्न बोलाइएको थियो ।

भारतीय कांग्रेसका वरिष्ठ नेता ज्योतिरादित्य सिंधिया समर्थक मन्त्री र विधायकसहित २० जनाको टोली गोप्यरूपमा बेंगलोर पुगेर राजनीतिक शक्ति समीकरणको अभ्यासमा लागेको समेत खुलेको छ ।

यसले मध्यप्रदेशको राजनीतिमा उथलपुथलको संकेत देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आइतबार मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ अचानक दिल्ली पुगेलगत्तै राजनीतिक परिदृष्यले नयाँ मोड लिएको थियो ।

प्रतिक्रिया