सोमबार, माघ २८, २०८१

गोरखामा जीप दुर्घटना हुँदा ११ जना घाइते, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

नेपालखोज २०७६ फागुन २७ गते ११:४७

गोरखा । मंगलबार विहान सौरपानी रञ्चोकबाट स्वाँरा हुँदै गोरखा बजारका लागि छुटेको यात्रुबहाक जीप गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ छहरेखोलास्थित सिम्बमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर छ।

Advertisement

बा१५च १०१६ नंको जीप उकालोमा ब्रेक फेल भएर पछाडि सरेर दुर्घटना भएको हाे । जीप सडकबाट करिब एक सय मिटर तल खसेको हो।

घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरी सडकमा ल्याइएको छ। उनीहरूलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ की १९ वर्षीया विमला गुरुङ, ६० वर्षीय बुद्वबहादुर गुरुङ, २० वर्षीया रमा गुरुङ, ३३ वर्षीय श्रीमान् गुरुङ, २३ वर्षीय विनोद गुरुङ, ६० वर्षीया क्षेत्रकुमारी गुरुङ, ३७ वर्षीया टेकमाया गुरुङ, टेकमायाकी छोरी छ वर्षीया सुनिता गुरुङ र ७३ वर्षीया सुकमाया गुरुङ घाइते रहेको प्रहरीले जनाएको छ।

सौरपानीकी ५२ वर्षीया राजकुमारी गुरुङ र चालक ४० वर्षीय आनन्दकुमार गुरुङ पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुकबहादुर विकले बताए। घाइतेमध्ये विमला, रमा, क्षेत्रकुमारी र सुकमाया गुरुङको अवस्था गम्भीर छ।

घाइते सबैको टाउको, छाती र खुट्टामा चोट देखिएको प्रहरीले जानकारी दिएको छ। घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया