बुधबार, वैशाख २६, २०८१

‘सरकारसँग सहयोगको अपेक्षा छ तर व्यवसायमा अवरोध सिर्जना गरियो’

नेपालखोज २०७८ जेठ ३ गते १४:०२

विश्व अहिले कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट गुज्रिरहेको छ । जसले विश्व राजनीति, अर्थतन्त्रलगायत क्षेत्रमा गम्भीर चुनौती सिर्जना भइरहेका छन् । त्यसबाट नेपालजस्तो विकासशील मुलुक पनि अछुतो रहेन । अहिले नेपालमा महामारीको अवस्था बढ्दो क्रममा छ । यसले निजी क्षेत्र, पेसा व्यवसाय र समग्र अर्थतन्त्रलाई कस्तो प्रभाव पारिरहेका छ ? यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीच कस्तो समन्वय आवश्यक हुन्छ, यिनै विषयमा केन्द्रित रहेर नेपालखोज डटकमले साखः ग्रुप अफ कम्पनीका निर्देशक किरणप्रकाश साखःसँग कुराकानी गरेका छौं ।

नेपालखोजसँगको कुराकानीमा उनले महामारी नियन्त्रणमा अहिले कठिन अवस्थामा आएको छ । यसले व्यवसाय वा आफूले सुरु गरेका कामहरूलाई नै निरन्तरता दिने योजना सुनाए । साख:का अनुसार अन्य क्षेत्रमा व्यापक कर्मचारी कटौती गरेर रोजगारी खोसिएको अवस्थामा पनि आफ्नो ग्रुपले भने कर्मचारीलाई यथावत् राखेको छ ।

साखः ग्रुप अफ कम्पनीका लगानी
यो एउटा फेमली बिजेनस हो । जहाँ फेमली नै सहभागी छन् । यसले फलामका छडहरूको उत्पादन गर्छ । ननफेलेक्स मेट्रलको फ्री सर्कल्सहरू, पेन्ट उत्पादनका साथै हस्पिटालिटी इन्डस्ट्री, होटेल इन्डस्ट्रीमा लगानी छ । त्यसैगरी पर्यटन उद्योग (फनपार्क) कृषि क्षेत्र (गोरुसिंगेमा फार्म) लगायत क्षेत्रमा पनि यो ग्रुपले हात हालेको छ । (हाल कोरोना महामारीले माछापालनबाहेक फनपार्क र कृषि फार्म दुवै बन्द अवस्थामा छन् ।

सरकारी निकायबाट अवरोध
सरकार, सरकारका निकाय र जनप्रतिनिधिबाट भने आफूहरूले सहयोग पाउनुको साटो उल्टै अवरोधको सामना गरिरहनुपरेको उनी बताउँछन् । त्यसक्रममा उनले हालै २/३ महिनाअघि हनुमन्ते खोलामा बाटो चौडा गर्ने नाममा आफ्नो फ्याक्ट्री नै भत्काइएको घटना स्मरण गरे । जसलाई संसदीय समितिसमेतले रोक लगाएकामा उनले आक्रोशसमेत पोखे ।

नेपालको संविधानअनुसार भूमि नियमअनुसार मुआब्जा नदिएरै (कसैको जग्गा अधिग्रहण गर्नुअघि शोधभर्नासमेत नदिई) स्थानीय सरकारले बिनाजानकारी डोजर लगाएर भत्काइदिएको उनको आरोप थियो । आफूहरूले कानुनअनुसार काम गर्दासमेत सरकारकै निकायबाट अप्ठ्यारो अवस्था झेल्नुपरेको भन्दै उनले कानुनविपरीत काम गर्नेलाई कारबाही नभएको गुनासो पनि गरे । यो घटनाबाट स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सरकारका अन्य निकायको के आशा गर्न सकिन्छ र ? उनले प्रतिप्रश्न गरे ।
०००

साखः ग्रुप अफ कम्पनीका निर्देशक किरणप्रकाश साखःसँगको कुराकानी सुन्नुहोस् :

उद्यमी साख:सँग गरिएका कुराकानीको हाइलाइट्स :

  • – आफ्नो क्षमताले भ्याएसम्मको कामहरू हामीले पनि गरिरहेका छौं । अहिले जर्मनीको संस्थासँग समन्वय गरेर अक्सिजन, मास्क, भेन्टिलेटरलगायत स्वास्थ्य सामग्री ल्याउने तयारी गरिरहेका छौं ।
  • – अहिलेको अवस्थामा जटिल छ लुकेर व्यापार गर्छु भनेर हुन्न । गर्न सकिने अवस्था छैन गरौं भने पनि जिउ-ज्यानको जोखिम अहिले हामीले दिने सेवामा फुलस्टप नै लागेको छ ।
  • – अहिलेको अवस्थामा हामी विभिन्न मुलकबाट मास्क अक्सिजन ल्याउन कोसिस गरिहेका छौं । जुन कुरा एकल सम्भव हुन्न त्यसमा सरकारलाई समावेश गरेर भए पनि साम्रगी ल्याउने तयारी गरिरहेका छौं । सम्भव हुन्छ हुन्न थाहा भएन तर सम्बन्धित निकायसँग को-अर्डिनेसन गरिरहेका छौं ।
  • – यो महामारीमा हामी त आफ्ना तर्फबाट सकेको गरिरहेका छौं । व्यापार व्यवसाय रोकेर बसिरहेका छौं । सरकारले पो केही गरेको छैन कुर्सीको लडाइँमा व्यस्त छ ।
  • – यो महामारीले सरकारबाट सहयोग पाउने कुरा आशै छैन । आफ्नो सामर्थ्यमा काम गर्नुपर्ने अवस्था छ । बरु हामीले सरकारलाई उल्टै सहयोग गर्नुपर्ला जस्तो छ ।
  • – बन्द कति लामो हुन्छ त्यसको कुनै ठेगान छैन । स्थिति स्लो-डाउन भएपछि भावी योजना बनाउँछौं । अहिले भावी योजना बनाउनु भनेको मनको लड्डु घिउसँग खानु हो ।
  • – हामी पब्लिक लिमिडेटमा जान सक्ने त्यति ठूलो कम्पनी भइसकेका छैनौं । पब्लिक लिमिटेडमा जानु सानो कुरा पनि होइन त्यसैले जनतालाई सेयर दिनेबारेमा हामीले सोचेका छैनौं ।

प्रतिक्रिया