शनिबार, फागुन ३, २०८१

दुई राप्रपाबीचको एकता आज घोषणा हुँदै

नेपालखोज २०७६ फागुन २८ गते ७:५६

काठमाडौं । गत शनिबार राति कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीकरण गर्ने सहमति भएसँगै यसको औपचारिक घोषणा बुधबार आज हुन लागेको हो ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच आज एकता हुनलागेको हो । लामो समयको प्रयास, छलफल र वार्तापछि दुइपार्टीबीच एकता घोषणा हुन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रिय सभा गृहमा दिउँसो साढे १२ बजे हुने एक बिशेष कार्यक्रमका बीच एकता घोषणा हुने उनले बताए । गत शनिबार राति कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्तबीच एकीकरण गर्ने सहमति भएसँगै औपचारिक घोषणा हुन लागेको हो ।

सहमति पत्रमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका डा.प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबराले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीमा राप्रपा संयुक्तका अध्यक्षहरु राणा र लोहनी तथा राप्रपाका अध्यक्ष थापा अध्यक्ष रहने र एकीकृत पार्टीको महाधिवेशन डेढ वर्षभित्र गर्ने सहमति भएको छ ।

प्रतिक्रिया