आइतबार, वैशाख १४, २०८२

युरोपेली देशबाट अमेरिका जान एक महिनाका लागि प्रतिवन्ध

नेपालखोज २०७६ फागुन २९ गते ८:०८

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम गर्ने उद्देश्यले युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा प्रतिवन्ध लगाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशहरुबाट अमेरिकाको यात्रामा एक महिने प्रतिवन्ध लगाइएको घोषणा गरेका हुन् ।

एक महिने प्रतिबन्ध शुक्रबार मध्यरातिबाट लागू हुने ट्रम्पले बताए । कोरोनाबाट प्रभावित साना लगानीबाट सञ्चालित व्यवसायलाई अर्बौं डलर सहयोग गर्ने घोषणा पनि ट्रम्पले गरेका छन् ।

अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ हजार १ सय ३५ पुगेको छ । यसको कारण ३८ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख १ लाख १५ हजार भन्दा बढी पुगिसकेको छ ।

प्रतिक्रिया