शनिबार, फागुन ३, २०८१

जुम्लामा कक्षा एकको पाठ्यपुस्तक अझै पुग्न सकेन

नेपालखोज २०७६ फागुन २९ गते १०:३४

जुम्ला । जुम्लामा शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि कक्षा एकका पाठ्यपुस्तक जुम्लाका कुनै पनि बिद्यालयमा पुग्न सकेको छैन् । माघ २५ गते बाट नयाँ शैक्षिक सत्र सुरुहुने जुम्लामा पाठ्यपुस्तक ढिला पुग्ने समस्या हरेक बर्ष बेहोर्नु परेको छ ।

Advertisement

जुम्लाका कतिपय बिद्यालयमा हालसम्म पनि पाठ्यपुस्तक पुगेको छैन भने एक कक्षाको पाठ्यपुस्तक जिल्लाभर कतैपनि र्पुयाइएको छैन् । यस शैक्षिक सत्रबाट कक्षा एकको पाठ्यक्रम बदिएकाले छपाइ हुन ढिला भएको नेपालगन्जस्थित नयाँ मुलुक प्रकाशनले बताएको छ ।

जिल्लाको सिजा गाउँपालिकाको कैलाश माबि फुंग्र र कनकासुन्दरी गाउँपालिकाका केही बिद्यालय लगायतमा कक्षा एकदेखि १० सम्मका बिद्यार्थी पाठ्यपुस्तक बिना पढ्न बाध्य छन् ।

नयाँ भर्नासंगै बिद्यार्थीको हातमा पाठ्यपुस्तक दिने चाहना कहिल्यै पुरा हुन नसकेको सिजा गाउँपालिकाका सामाजिक बिकास शाखाका संयोजक नवीन शर्माले गुनासो गरे ।

जुम्ला लगायत कर्णालिका हिमालि जिल्लामा समयमै पाठ्यपुस्तक नपुगेको बिषयमा अनैपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय सुर्खेतले अदालतमा रिट दायर गरेका हो ।

इन्सेकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरवार काठमाण्डौं, शिक्षा तथा मानव श्रोत विकास केन्द्र, सानोठीमी भक्तपुर, राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषद, जनक शिक्षा सामाग्री केन्द्र, सानोठीमी भक्तपुरलाई विपक्षी बनाएर बुधबार उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरेको हो ।

प्रतिक्रिया