सोमबार, भदौ ३१, २०८१

‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ संसदमा

नेपालखोज २०७६ फागुन २९ गते १४:०१

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकले ‘अन्तरदेशीय सङ्गठित अपराधविरुद्धको महासन्धिअन्तर्गतको पालेर्मो अभिसन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । गृहमन्त्री थापाले प्रस्तुत गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो ।

प्रतिक्रिया