शनिबार, फागुन ३, २०८१

धनुषामा अत्याधिक मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु

नेपालखोज २०७६ फागुन ३० गते १०:०२

जनकपुर । अत्याधिक मदिरा सेवनबाट धनुषामा ५ जनाको मृत्यु भएको छ ।

Advertisement

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा होलीको दिन अत्याधिक मदिरा सेवन गरेका पाँच जनाको मृत्यु भएको हो ।

रक्सी सेवन गरेका ३ जनाको बिहीबार दिउँसो र २ जनाको बिहीबार राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा अनुसन्धान भईरहेको समेत प्रहरीको भनाई छ । मृतकको पहिचान भने हाल गोप्य राखिएको छ ।

प्रतिक्रिया