बुधबार, असोज २३, २०८१

भारतमा कोरोनाका कारण थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या २ पुग्यो !

नेपालखोज २०७६ चैत १ गते ८:२५

एजेन्सी । कारोना भाइरसको संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ ।

भारतको राजधानी दिल्ली नजिकै कोरोना संक्रमित ६८ वर्षकी महिलाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । ती महिलामा मधुमेह र उच्च रक्तचापको समस्या यस अघिदेखि नै रहेको परिवारले बताएका छन् ।

मृत्यु भएकी महिलामा उनको छोराबाट संक्रमण सरेको हुन सक्ने अनुमान छ । फेब्रुअरीमा स्विजरल्याण्डबाट इटाली हुँदै भारत आइपुगेका ती युवामा कोरोना पुष्टि भएको केही दिनमा नै आमामा पनि कोरोना भएको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

यसअघि कोरोनाका कारण गएको मंगलबार कर्नाटकमा ७६ वर्षका पुरुषको मृत्यु भएको थियो । आज बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रतिक्रिया