बहुप्रतिक्षित फिल्म ‘केजिएफ २’ को प्रदर्शन मिति घोषणा
नेपालखोज
२०७६ चैत १ गते ९:४८
एजेन्सी । यसअघि बक्सअफिसमा निकै उत्कृष्ट प्रदर्शन गरेको फिल्म ‘केजिएफ’ को सिक्वेल आउँदैछ । यसअघि प्रशर्दनमा आएको ‘केजिएफ’ले शाहरूख खानको ‘जिरो’लाई पछि पार्दै वक्सअफिस सुखद् कारोबार गरेको थियो ।
अब दर्शकहरु ‘केजिएफ’ को सक्वेलको प्रतिक्षामा देखिन्छन् । सर्वाधिक महँगो बजेटको सिनेमा ‘केजिफ २’ ले शुक्रबार हिजो सिक्वलको रिलिज मिति घोषणा गरेको छ ।
सिनेमा यसै वर्षको अक्टुवर २३ मा रिलिज हुने तय भएको छ । यो फिल्म कन्नडसहित तेलेगु, तमिल, मलायालम र हिन्दी गरी एकसाथ पाँच भाषामा रिलिज हँुदैछ । यस फिल्ममा यश, श्रीनिधि शेट्टी, संजय दत्त तथा रविना टन्डनको मुख्य भूमिका रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया