शनिबार, असोज १९, २०८१

कोरोना आशंका गरिएका व्यक्तिमा कोरोना नभएको पुष्टि

नेपालखोज २०७६ चैत १ गते १४:३४

काठमाडौं । कोरोना भाइरसको आशंकामा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पताल भर्ना भएका ६ जना डिस्चार्ज भएका छन् ।

आइसोलेसन वार्डबाट डिस्चार्ज भएकामध्ये पाँचजना घर गएका र एकजनालाई सामान्य वार्डमा राखिएको डा. अनुप बाँस्तोलाले जानकारी दिए । उनीहरू सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

कोरोना भाइरस संक्रमण देखिएका ८० प्रतिशत व्यक्तिमा सामान्य प्रकारको लक्षण देखिने चिकित्सकहरूको भनाइ छ । १५ प्रतिशतलाई आइसोलेसन वार्डको र ५ प्रतिशतलाई आइसियूसहित भेन्टिलेटरको आवश्यकता पर्ने चिकित्सकको आकलन छ ।

कोरोना उपचारमा संलग्न चिकित्सक डा. अनुप बाँस्तोलाका अनुसार गम्भीर अवस्थामा आइसियूमा भर्ना भएका बिरामी कम्तीमा २८ दिनसम्म बस्नुपर्ने हुन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दैनिक १४ सय नमुना परीक्षण गर्न सक्ने क्षमता आफूसँग भएको बताएको छ । सरकारले कोरोना भाइरस परीक्षण गर्ने अधिकार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई मात्रै दिएको छ ।

प्रतिक्रिया