बिहीबार, माघ २४, २०८१

नियमित तातो पानी पिउँदा हुने फाइदाहरु

नेपालखोज २०७६ चैत २ गते ६:२०

१. तातो पानीले शरीरको शुद्धिकरण गर्दछ । उमालेको पानी आफैमा शुद्ध हुने भएकाले यसले शरीर शुद्धिकरणमा सघाउ पुर्याउँछ ।

Advertisement

२. पाचन प्रणालीमा गडबडी हुनेहरुले दैनिक दुइ पटक तातो पानी पिउनाले पाचन प्रणालीमा स्वस्थ्य पार्नुका साथै नियमित गर्दछ ।

३. बिहान उठ्ने बित्तिकै तातो पानी पिउँदा शरीरमा जम्मा भएका विषाक्त तत्वहरु मुत्रसँगै बाहिर जान्छन्, यसले पूरै रगत सफा पार्न मद्दत गर्छ ।

४. कब्जियतबाट छुटकारा पाउन दिनहुँ बिहान तातो पानी पिउनु लाभदायक हुन्छ ।

५. बिहान वा खाना पछि हरेक पटक एक गिलास तातो पानीमा कागती वा मह मिसाएर पिएमा मोटोपना नियन्त्रण हुने गर्दछ ।

६. घाँटी दुखे वा टन्सिल भएमा तातो पानीमा नुन मिसाएर पिउँदा राहत पुग्दछ ।

७. तातो पानीको सेवन गर्दा शरीरमा तापक्रम बढ्न गई पसिना निस्कन्छ । पसिना निस्कदा शरीरमा बढि भएको नुन बाहिर निकाल्नुका साथै रगतको शुद्धिकरणमा सहयोग पूर्याउँछ ।

८. महिनावारीका समयमा पेट दुख्ने समस्या कम गर्न तातोपानी उपयोगी हुन्छ ।

९. टाउको वा पेट दुखेको बेला तातो पानी पिउँदा राहत पुग्दछ ।

१०. तातो पानीमा कागती र मह मिसाएर सेवन गर्नु उपयोगी हुन्छ ।

प्रतिक्रिया