बिहीबार, वैशाख ६, २०८१

तनुश्री दत्तामाथि नाना पाटेकरद्वारा मुद्दा दायर

नेपालखोज २०७६ चैत २ गते ७:०३

मुम्बई । बलिउडमा ‘मीटू’ अभियान चलाएकी अभिनेत्री तनु श्री दत्तामाथि अभिनेता नाना पाटेकरको संस्था ‘नाम फाउन्डेसन’ले २५ करोड क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ ।

यसका साथै बम्बई उच्च अदालतले नाना पाटेकरको नाम र फाउन्डेसनमाथि कुनै पनि प्रकारको आरोप लगाउन नपाउने आदेश दिएको छ । यसअघि तनु श्रीले नाना पाटेकरको संस्थामाथि पनि विभिन्न आरोप थोपरेकी थिइन् ।

समाचारअनुसार उच्च अदालतमा दायर भएको आवेदनमा नाना पाटेकर र मकरन्द अनासपुरेले सन् २०१५ मा सुरु भएको ‘नाम फाउन्डेसन’ ले सिँचाइको अभाव भएका कृषकहरूको अवस्था सुधार्न काम गरिरहेको थियो ।

तनु श्रीले सन् २०२० जनवरीमा एक पत्रकार सम्मेलनमार्फत सो संस्थामाथि पनि आरोप लगाएकाले संस्थाको प्रतिष्ठामा आँच आएको उल्लेख गरेका छन् ।

स्मरण रहोस्, तनु श्रीले सन् २०१८ को अक्टोबरमा ‘हर्न ओके प्लिज’को फिल्म सुटिङका दौरान नानामाथि गलत आशयले छोएको र यौनहिंसा गर्ने कोसिस गरेको आरोप लगाएकी थिइन् । नानाले उक्त आरोपको खण्डन गर्दै आएका छन् ।

नाविरुद्ध कुनै ठोस प्रमाण जुटाउन नसकेपछि हालै प्रहरीले उक्त आरोप गलत भएको ठहर गरेको थियो ।

प्रतिक्रिया