बिहीबार, वैशाख १३, २०८१

करिश्माकी छोरी समायराको बलिउडमा डेब्यू

नेपालखोज २०७६ चैत ९ गते ७:५४

एजेन्सी । बलिउड अभिनेत्री करिश्मा कपुरकी छोरी समायारा कपुर पनि अब आफ्नै आमाको बाटोमा लाग्ने भएकी छिन् ।

१५ वर्षकी समायराले एउटा सर्ट फिल्ममा काम गर्दै बलिउडमा डेब्यू गरेकी छिन् । यो फिल्मको नाम दौड हो ।

फिल्मलाई चंकी पाण्डेकी छोरी अनन्या पाण्डेकी बहिनी रियासा पान्डेले निर्देशन गरेकी हुन् । फिल्ममा सन्जय कपुरका सानो छोरा जहान कपुर पनि छन् ।

यो फिल्मलाई निर्माण चाहिँ चंकी पाण्डेले नै गरेका हुन् । सात मिनेट लामो यो सर्ट फिल्म हेर्नुहोस्ः

प्रतिक्रिया