बिहीबार, चैत १५, २०८०

प्रधानमन्त्री ओली फलोअपका लागि शिक्षण अस्पतालमा जाँदै

नेपालखोज २०७६ चैत २ गते ९:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य जाँचका लागि फलोअपमा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज जाने भएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खडगालाई यसबारे भर्खरै जानकारी दिइएको छ । मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार आज अस्पताल आउन लागेको जानकारी पाएको डा. खडगाले बताए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् ।

शिक्षण अस्पतालमा २१ फागुनमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्री ओलीलाई भाञ्जी नाताकी समीक्षा संग्रौलाले मिर्गौला दिएकी हुन् । उनको भने फागुन २८ गते डिस्चार्ज भएको थियो ।

प्रतिक्रिया