शुक्रबार, चैत १६, २०८०

हत्या अभियोगमा दुईजनालाई जन्मकैद

नेपालखोज २०७६ चैत २ गते १७:४६

भोजपुर । जिल्ला अदालतले हत्या गरेको अभियोगमा दुईजनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो ।

अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी घर भएकी ४८ वर्षीया भइमाया राई गुरुङको कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोही ऐनको १७७ ९२० बमोजिम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही रु ५० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।

उनीहरुले सामान्य विवादपछि उल्टो पट्टिबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हत्या गरेको आठ दिनपछि गत साउन १६ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया