कोरोना विरुद्ध लड्न सार्क राष्ट्रलाई भारतले १ करोड डलर दिने
नेपालखोज
२०७६ चैत २ गते १८:५३
काठमाडौँ । कोरोना (कोभिड १९) विरुद्ध लड्न भारत सरकारले १० मिलियन ( एक करोड अमेरिकी डलर) दिने घोषण गरेको छ ।
आइतबार साँझ दक्ष्णि एसियाली क्षेत्रीय सहयोग संगसठन (सार्क) का राष्ट्र प्रमुखहरुबीच भएको भिडियो वार्ताका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् ।
छलफलका क्रममा उनले सार्क राष्ट्रहरुमाझ (कोभिड १९) आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव गरि आफ्नो सहयोगको घोषणा गरे । उनले उक्त कोषको रकम आपतकालीन अवस्थामा जुन सुकै सार्क राष्ट्रले तत्काल प्रयोग गर्न पाउने व्यवस्थाको समेत प्रस्ताव गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया