शुक्रबार, वैशाख १४, २०८१

यी खाने कुराले शरीरलाई मजबुत बनाउँछ

नेपालखोज २०७६ चैत ५ गते ६:१६

१. अमिलो फलः
सुन्तला, अमला, कागती आदि अमिलो खालका फलमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ । भिटामिन सी विभिन्न संक्रमणबाट बचाउन लड्ने सेतो रक्तकोषिकाको निर्माणमा सहयोग गर्छ । यसको सेवनले बन्ने एन्टीबडिज कोशिकाको सतहमा एउटा आवरण निर्माण गर्छ । जसले शरीरमा भित्र भाइरस आउन दिँदैन । स्वास्थ्यका लागि सधै एउटा अमिलो फल खानु राम्रो हुन्छ ।

२. ब्रोकाउलीः
यसमा भिटामिन ए र भिटामिन सी, आइरन, क्याल्सियम, प्रोटिनका साथै ग्लुटाथिनओन नामक एन्टीएक्डिेन्ट पाइन्ट । यसमा प्रोटिन र क्याल्सियम पनि पर्याप्त हुन्छ ।

३. बदामः
सधै ८–१० ओटा दाना बदाम खानाले दिमागलाई तनावबाट लड्ने शक्तिको प्राप्त हुन्छ । यसमा पाइने भिटामिन ई शरीरमा प्राकृतिक मृत कोषलाई बढाउन मदत गर्छ । जसले विषाणु र क्यान्सरयुक्त कोषिकाको संख्या बढाउन मदत गर्छ । यी कोषिकाहरुले एन्टीबडिको निर्माण गर्छ । जसले शरीरमा हानी पुर्याउने ब्याक्टेरियाको नष्ट गर्नमा सहयोगी हुन्छ । बदाम छाला र हृदयका लागि पनि फाइदाजनक छ ।

४. लसुनः
लसुनमा धेरै मात्रामा एन्टीएक्सिडेन्ट पाइन्छन् । यसमा एलिसिन नामक तत्व पनि पाइन्छ । जसले शरीरमा संक्रमणबाट बचाउनमा विशेष भूमिका खेल्छ । नियमित रुपमा तरकारीमा हालेर वा खाली पेटमा काँचै खाँदा झनै फाइदा हुन्छ ।

५.पानी तथा हर्बल टीः
शरीरलाई आकर्षक र सुन्दर बनाइराख्न जरुरी छ । यसका लागि पर्याप्त पानी पिउनाले छाला राम्रो हुन्छ । र पानीले पेटमा हुने समस्यालाई कम गर्छ । त्यसैगरी अदुवा, तुलसी आदिसँग मिसाएर हर्बल चिया पिउनाले रोगसँग लड्न सक्ने क्षमता बढ्छ । हरेक बिहान उठेर कागती पानी पिएर दिनको सुरुवात गर्दा अत्यन्त लाभदायक हुन्छ ।

६. दहीः
दहीमा शरीरको पाचन प्रणालीलाई बलियो बनाइराख्ने प्रोबायोटिक्स हुन्छ । दही क्याल्सियमको पनि राम्रो स्रोत हो । यसले शरीरलाई चाहिने पोषक तत्व ग्रहण गर्ने क्षमता बृद्धि हुन्छ ।

७.च्याउः यसमा सेलेनियम, भिटामिन बी, राइबोफ्लोविन र नाइसिन नामक तत्त्व पाइन्छ । यसमा एन्टीभाइरल, एन्टीब्याक्टेरियल तथा एन्टीट्यूमर तत्व पनि पाइन्छ ।

८. बेसारः
बेसार नियमित रुपमा खानाले शरीरमा फंगस, जीवाणु तथा विषाणुबाट हुने संक्रमणबाट जोगाउँछ । रुघा लागेमा काँचो बेसारलाई पिसेर खाँदा यसले ठीक गर्छ ।

९. मरिचः
मरिच चिसोबाट जोगाउन मदत गर्छ । यसमा पनि एन्टीभाइरल, एन्टीब्याक्टेरियल तत्व पाउनुका साथै ज्वरो कम गर्ने क्षमता हुन्छ ।

१०.पालुङ्गोः
यसमा ‘फोलेट’ हुन्छ । जसले नयाँ कोशिका बनाउँछ । यसमा पाइने फाइबर, आइरन, एन्टीअक्सिडेन्ट र भिटामिन सी शरीरलाई विभिन्न समस्याबाट जोगाउँछ र स्वस्थ बनाउँछ ।

प्रतिक्रिया