शुक्रबार, वैशाख १४, २०८१

गाजर सेवनका अनगिन्ती फाइदाहरु

नेपालखोज २०७७ पुष १४ गते ४:००

१.गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ ।
२. जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ । गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ ।
३. दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ ।
४.क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ ।
५. इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् । पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ ।
६. एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ ।
७. गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ ।
८. चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन ।
९. दिनदिनै दुईवटा काँचो गाजर खाँदा दिमाग तीखो हुनुका साथै आईक्यु स्तर पनि बढ्छ ।
१०. चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस् । आँखाको तेज बढ्छ ।

प्रतिक्रिया