पश्चिमी क्षेत्रमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना
नेपालखोज
२०७६ चैत ५ गते ९:२८
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी भेगका एक–दुई स्थानमा बुधबार आज हल्का पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाका मौसमबीद् समिर श्रेष्ठले स्थानीय वाययुको प्रभावका कारण पश्चिम क्षेत्रमा मेघ गर्जन सहित हल्का पानी पर्ने जानकारी दिए ।
आज देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाको मौसम दिनभर सफा रहनेछ । उपत्यकाको न्युनतम तापक्रम आज विहान ९ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर २५ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले अनुमान गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया