आउँदो आइतबारदेखि सेयर बजार बन्द गर्ने तयारी
नेपालखोज
२०७६ चैत ६ गते १४:०२
काठमाडौँ । विश्वभर कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिइरहेका बेला यसको प्रभाव शेयर बजारमा समेत परेको छ । कोरोनाकै नकारात्मक प्रभावका कारण अहिले सेयर कारोबार बन्द गर्ने तयारी भैरहेको छ ।
सेयर बजारका लगानीकर्ताले कारोबार बन्द गर्न आग्रह पछि नेपाल धितोपत्र बोर्डले बजार बन्द गराउने विषयमा छलफल सुरु गरेको धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले जानकारी दिए । यस छलफल पश्चात आउदो आइतबारदेखि ५ दिनकालागि बजार बन्द गर्ने निर्णय हुनसक्ने बताइएको छ ।
यता, लगानीकर्ताले भने एक महिनासम्म कारोबार बन्द गर्न आग्रह गरेका छन् । तर, लगानीकर्ताको यो माग मौजुदा नीति विपरित हुने भएकाले समस्या भएको छ । नीतिगत समस्या भएपछि धितोपत्र बोर्डले ५ दिन बन्द गराउने र त्यसबिचमा थप एक महिना बन्द गराउनका लागि सरकारसँग आग्रह गर्ने लगानीकर्ताहरुको तयारी रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया