शुक्रबार, असोज ५, २०८०

देशैभरि आइसोलेसन वार्ड बनाउँदै सेना

नेपालखोज २०७६ चैत ७ गते १०:१२

काठमाडौं । कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि नेपाली सेनाले सम्पूर्ण युनिटको समन्वय गर्न आपत्कालीन व्यवस्थापन केन्द्र स्थापना गरेको छ ।

विगतमा सैनिक स्वास्थ्य महानिर्देशनालयले समन्वय गरेकोमा अब केन्द्रको समन्वय सेनाको शक्तिशाली अपरेसनल निकाय व्यवस्था तथा युद्धकार्य महानिर्देशनालयले गरेको छ ।

आपत्कालीन केन्द्रको योजनाअनुसार सेनाले प्रदेश सरकारहरूसँगको समन्वयमा आठै पृतनाका ब्यारेकका खाली ठाउँमा टेन्ट गाडेर थप आइसोलेसन वार्ड निर्माण सुरु गरेको छ ।

जंगी अड्डा मुख्यालयमा स्थापना भएको २४ घन्टे आपत्कालीन व्यवस्थापन केन्द्रको नेतृत्व व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी प्रभुराम शर्माले गरेका छन् ।

 

प्रतिक्रिया