शुक्रबार, वैशाख १४, २०८१

सनराईज वैकले ल्यायो एनआरएन डिपोजिट खाता

नेपालखोज २०७६ चैत ७ गते १३:४६

काठमाडौं । सनराइज बैंकले ‘सन्राइज एनआरएन डिपोजित एकाउण्ट’ संचालनमा ल्याएको छ । विदेशमा बस्ने गैर आवासीय नेपालीहरुलाई केन्दि«त गरी ल्याइएको यस खातामा गैर आवासीय नेपालीहरुले विदेशमा कमाएको पैसा सन्राइज बैंकमा ‘एफसिवाई फिक्स डिपोजिट’ खाता खोल्न सक्नेछन् ।

खातामा जम्मा भएको सो रकम तोकिएको समय अवधि पछि विना झन्झट विदेशमा फिर्ता लान सकिनेछ वैकले जनाएको छ । २ देखि ५ वर्ष अवधिको लागि रकम जम्मा गर्न सकिने उक्त खातामा वार्षिक ४% ब्याज दिने व्यवस्था गरिएको छ ।

विदेशमा पाइने ब्याज भन्दा स्वदेशमा पाइने ब्याज बढी भएको र यस ब्याज अन्तरले ग्राहकहरुलाई नेपालमा पैसा राख्न आकर्षित गर्ने बैंकले विश्वास लिएको छ । यसको लागि विदेशबाटै अनलाईन खाता खोल्ने व्यवस्था समेत रहेको बैंकले जनाएको छ । उक्त मुद्दती खाताको आधारमा ग्राहकहरुले ९०% सम्मको कर्जा समेत लिन सक्नेछन् ।

प्रतिक्रिया