सोमबार, माघ २८, २०८१

कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता

नेपालखोज २०८१ माघ ८ गते १३:४६

काठमाडौं । कुमारी बैंक लिमिटेड र नक्शाल, काठमाडौंस्थित वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच कुमारी बैंकका ग्राहकलाई वात्सलय नेचुरल आईभिएफको देशभरि रहेका शाखाबाट विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

Advertisement

यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकलाई वात्सल्य आईभिएफ प्याकेजमा १० हजार रूपैयाँको छुट प्रदान गरिनेछ साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणमा १० प्रतिशत र औषधि खरिदमा पाँच प्रतिशतसम्म छुट प्रदान गरिनेछ । वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।

कुमारी बैंकको देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ ईकाई संचालनमा रहेका छन् । बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया