हवाई र लामो दुरीको यातायात बन्द गर्ने सरकारको निर्णय
नेपालखोज
२०७६ चैत ७ गते १८:२९
काठमाण्र्डा। नेपाल सरकारले आगामी हवाई र लामो दुरीका यातायात बन्द गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत ९ गतेदेखि १८ गतेसम्म हवाई सेवा बन्द गर्ने घोषणा गरेका हुन् ।
यसैगरी आगामी चैत १० गतेदेखि केही समयका लागि लामो दुरीका यातायात बन्द गर्ने पनि निर्णय गरिएको प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा बताएका हुन् ।
ओलीले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने बताए । सीमामा जाँचका सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले स्पष्ट पारे ।
सम्बन्धित
प्रतिक्रिया