ब्याडमिन्टन एसिया च्याम्पियनसिप मकाउमा सार्ने तयारी
नेपालखोज
२०७६ चैत ८ गते १०:२८
एजेन्सी । चीनको वुहानमा अप्रिलका लागि तय गरिएको ‘दि २० ब्याडमिन्टन एसिया च्याम्पियनसिप’ पुन सर्ने तय भएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण वुहानबाटै फिलिपिन्सको मनिलामा हुने तय भएको च्याम्पियनसिप पुन मकाउमा सार्ने तयारी भएको हो ।
फिलिपिन्समा कोरोना प्रभाव बढ्दै गएपछि सरकारले एक महिनाका लागि ‘लकडाउन’ गरेपछि ब्याडमिन्टन एसिया प्रतियोगिता पुनः सार्न बाध्य बनेको हो ।
‘फिलिपिन्स सरकारले आपत्कालको घोषणा गरेर मनिला अप्रिल १२ सम्मका लागि ‘लकडाउन’ गरेसँगै प्रतियोगिता सर्ने सम्भावना देखिएको छ ।
त्यस्तै फिलिपिनी ब्याडमिन्टन संघले पनि आधिकारिक पत्र पठाएर टोकियो ओलम्पिक छनोटका लागि खेलाडीले अंक पाउने प्रतियोगितासमेत रहेको यो च्याम्पियनसिप रोक्न ब्याडमिन्टन एसिया समक्ष आग्रह गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया