शनिबार, वैशाख १५, २०८१

करिनाको फिटनेस रहस्य

नेपालखोज २०७९ फागुन २४ गते ११:२२

काठमाडाैं । आफ्नो कामका साथै जब फिटनेसको कुरा आउँछ करीना कपुर खान यसलाई पूर्ण भक्तिका साथ पूरा गर्छिन् । जिरो फिगरदेखि प्रसवोत्तरसम्म आफ्नो शरीरको हरेक चरण पार गरेकी करीनाले आफ्नो स्वस्थ जीवनशैली आफ्ना फ्यानहरूसँग साझा पनि गर्छिन् । वर्कआउटसँगै करीना दैनिक योग गर्छिन् । दुई पटक आमा बनेपछि फेरि आफूलाई फिट बनाउन निकै गाह्रो हुन्छ तर करिनाले त्यो पनि गरिन् ।

करीनाले दिनहुँ कुन–कुन योगासन गर्छिन् हेरौं :

सेतुबन्धासन
यो योग पोज करीनालाई मनपर्ने पोज हो । यसको सरलता र उत्साहजनक वार्म-अप प्रदान गर्ने क्षमताका कारण उनको योग दिनचर्यामा अक्सर यो आसन समावेश हुन्छ ।

मार्जरियासन
करीना गर्भावस्थामा पनि यो योग गर्छिन् ।

वृक्षासन
करीनाको शरीरलाई यो आसनले प्रभावकारी रूपमा टोन्ड गर्न मद्दत गर्दछ।

नटराजासन
स्ट्रेन्थ , लचिलोपन तथा सन्तुलन कायम राख्न करीना दैनिक नटराजसन गर्छिन् ।

ताड़ासन
करिना दैनिक ताडासनको अभ्यास गर्छिन् । यसले मुद्रा र समन्वय सुधार गर्न मद्दत गर्दछ ।

उर्ध्व मुख संवासन
करीनाले गर्ने आसनहरू मध्ये एक उर्ध्वा मुख संवासन पनि हो । यो आसनले फोक्सो, कलेजो तथा प्यान्क्रियाजलाई बलियो बनाउँछ ।

उष्ट्रासन
यदि तपाइँ करीनाको जस्तै पातलो कम्मर चाहनुहुन्छ भने यो योग दैनिक गर्नसक्नुहुन्छ । पेटको बोसो घटाउन र मेटाबोलिज्म बढाउन यसलाई उत्तम आसन मानिन्छ।

सर्वांगासन
करीना आफ्नो टोन्ड र सानो कम्मर का लागि हरेक दिन सर्वांगासन गर्छिन् ।

उत्थिता हस्त पादंगुस्तासन
यो जटिल मुद्राले मेरुदण्डलाई बलियो बनाउँछ र पूर्ण शरीर सन्तुलित रहन्छ । करीना हरेक दिन यो आसन गर्छिन् ।

अधो मुख संवासन

करीनाको फिटनेसको रहस्य अधो मुख संवासन आसन पनि हो ।

प्रतिक्रिया