बिहीबार, वैशाख २०, २०८१

अल्लु अर्जुनको ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कमायो

नेपालखोज २०७६ माघ १० गते १०:३२

एजेन्सी । साउथ फिल्मका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘अला वैकुंठापुरमलो’ ले १० दिनमा २२० करोड कलेक्शन गरेको छ । गत जनवरी १२ मा रिलीज भएको फिल्मले सुरुको दिनदेखि नै राम्रो कलेक्शन गरेको थियो ।

पहिलो दिनदेखि दशौं दिनसम्ममा फिल्मले बक्स अफिसमा शानदार कमाई गर्न सफल भएको छ । फिल्मले पहिलो दिन ११९ करोड कमाई गरेको थियो । यो कुल कमाई विश्वभरीको कलेक्शन हो ।

पहिलो दिन महेश बाबुको फिल्म ‘सरिलेरु निक्केवारु’ रिलीज भएको थियो जसले बक्सअफिसमा १० दिनमा २०० करोड कमाई गरेको छ ।
फिल्मको सफलता पछि अल्लुले आफ्ना दर्शकहरुलाई धन्यवाद दिँदै ट्विटर मार्फत धन्यवाद दिएका छन् ।

प्रतिक्रिया