भारत र चीन तर्फका सवै नाकामा यात्रु आवातजावतमा प्रतिवन्ध
नेपालखोज
२०७६ चैत ९ गते २१:३८
काठमाडौं । आज बसेको मन्त्रिपरिषद्को बैठकले भारत र चीन तर्फका सवै नाकामा यात्रु आवातजावत गर्न सरकारले एक हप्ताका लागि रोक लगाउने निर्णय गरेको छ । सोमबार विहान १० बजेदेखि १६ गतेसम्म लागू हुने गरी सरकारले सो निर्णय गरेको हो ।
भारतले पनि आज राती मध्यरातिबाट लागू हुने गरी अन्तरप्रदेश बस सेवा र रेल्वे बन्द गर्ने निर्णय गरेको छ । लगतै नेपाल सरकारले पनि एक साताका लागि चीन र भारततर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । तर दैनिक उपभोग्य सामान आयात निर्यात भने रोकिने छैन । तस्वीर : प्रधानमन्त्रीका प्रेस सल्लाकार सूर्य थापा
सम्बन्धित
प्रतिक्रिया